images
images

विकासशील मुलुकमा स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदा माथि छलफल


  • 285
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    विकासशील मुलुकमा स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदा माथि छलफल

    काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो । 

    संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको थियो । अर्थात आगामी २०२६ बाट नेपाल विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ । 
     
    उपाध्यक्षको अध्यक्षमा रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रहरुबाट समेत प्रतिनिधित्व छ । आइतबारको छलफलमा उपाध्यक्ष डा. श्रेष्ठ, आयोगका सदस्य डा. रामकुमार फुँयाल, आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव इश्व्री प्रसाद अर्याल लगायत सहभागी थिए । निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल र नेपाल उद्योग परिसंघका उपाध्यक्ष इश्वरी प्रसाद अर्याल उपस्थित थिए । 

    विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरुको सामना प्रभावकारी रुपमा गर्नका लागि रणनीति बनाइरहेको उपाध्यक्ष डा. श्रेष्ठले बताए । उनका अनुसार यो रणनीति अन्तिम चरणमा पुगेको छ । 

    ‘मुलुकको अर्थतन्त्रको अवस्था, सम्भावना र स्तरोन्नति पछि विभिन्न क्षेत्रमा पर्नसक्ने सकारात्मक वा नकरात्मक असरको गहन अध्ययन तथा विश्ल्ेषण गरी रणनीति तयार हुनेछ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यसकै आधारमा दातृ संस्था, निजी क्षेत्र, समुदाय लगायतले भूमिका खेल्नुपर्ने हुन्छ ।’


    images
    images

    Logo