काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ अर्ब ६६ करोडको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले सोमबार कुल २९ अर्ब ६६ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिल विक्री गर्न लागेको हो ।
बैंकले २८ दिन अवधिका लागि ८ अर्ब, ९१ दिन अवधिका लागि ७ अर्ब ७५ करोडको बिल विक्री गर्ने भएको छ । त्यस्तै, १८२ दिन अवधिका लागि ५ अर्ब र ३६४ दिन अवधिका लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार बराबरको बिल विक्री गर्ने भएको छ । जसमध्ये १८२ दिन अवधिको ५ अर्बको बिल नयाँ रहेको छ ।
उक्त विलहरुमध्ये २८ दिन अवधिको विल साउन १६ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको असोज १६ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिन अवधिको पुस १७ गते र ३६४ दिन अवधिको बिल आगामी २०८१ साल असार असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ ।
उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।



