काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह महानगरको विश्व संघमा बोर्ड सदस्यको रुपमा नियुक्त भएका छन् । मेयर बालेन २ वर्षका लागि उक्त संघको बोर्ड सदस्यको रुपमा नियुक्त भएका हुन् ।
शाहलाई सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त गरिएको छ ।
प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो । संसारभरका प्रमुख महानगरीय क्षेत्रहरुको विश्वव्यापी नेटवर्कका रुपमा रहेको यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत आदनप्रदान गर्ने काम गर्छ ।