काठमाडौं । नेपाल दुसञ्चार प्राधिकरणले ९७० बाट सुरु हुने नम्वरलाई पनि अन्य नम्वर सरह सेवाहरु उपल्व्ध हुने व्यवस्था मिलाउन सवै सरोकारवालाहरुलार्य आग्रह गरेको छ । प्राधिकरणले आज एक सुचना जारी गर्दै ९७० बाट सुरु हुने नम्वरमा वान टाइर्म पासवार्ड नआउने समस्या देखिउपछि यस्तो आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार हाल ९७० बाट सुरू भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवार्ड नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप गर्दा समस्या भएको, वालेटहरू मार्फत कारोबार गर्दा प्राविधिक कठिनाई भएको लगायतका गुनासो आईरहेको छ ।
सोहि अनुसार प्राधिकरणले ९७० बाट सुरु हुने मोबाइल नम्बरलाई पनि अन्य मोबाईल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको हो।




