images
images

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 382
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo