images
images

४ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के–के छन् एजेण्डा ?


  • 2.0K
    SHARES
  • २०८० आषाढ १६ गते शनिबार

    ४ कम्पनीको साधारणसभा आज हुँदै, कस्को के–के छन् एजेण्डा ?

    काठमाडौं । ४ कम्पनीको साधारणसभा आज हुँदैछ । शनिबार एक्सेल डेभलपमेन्ट बैंक, राष्ट्र उत्थान लघुवित्त, आशा लघुवित्त र प्रभु स्टील्स एण्ड हाइड्रो इक्विपमेन्ट इंडस्ट्रीज रहेका छन् । 

    सभा घोषणा गरेका कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंकले सिद्धार्थ होटेल विर्तामोडमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कुनै पनि लघुवित्त संस्थासँग मर्जरका लागि प्रयोजन हुने उपयुक्त संस्था पहिचान गर्नेछ । साथै, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

    त्यस्तै, राष्ट्र उत्थान लघुवित्तले होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिँउसो १ बजे सभा बोलाएको छ । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ शयर स्वाप रेसियो पारित गर्नेछ । प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने,  संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    त्यस्तै, आशा लघुवित्तले बार्षिक साधारणसभा बोलाएको छ । फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट, ककनी काठमाडौंमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।  सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ शयर स्वाप रेसियो पारित गर्नेछ ।

    प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

    प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

    त्यस्तै, प्रभु स्टील्स एण्ड हाइड्रोले साधारणसभा बोलाएको छ । कम्पनीले कम्पनीको कार्यालय, तिनकुने, काठमाडौंमा दिँउसो १ बजे बोलाएको छ ।


    images
    images

    Logo