काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको रहेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । शुक्रबार डलको मूल्य १ को विक्रीदर ३१ रुपैयाँ ६० पैसा कायम रहेको थियो ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २३ पैसा रहेको छ।
