images
images

निगमका पूर्वकार्यकारी निर्देशक भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ करोड जरिवाना


  • 252
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    निगमका पूर्वकार्यकारी निर्देशक भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ करोड जरिवाना

    काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । दोषी ठहर भएसँगै उनलाई ९ करोड जरिवाना सहित १ वर्ष जेल सजाय तोकिएको छ । 

    खड्काविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएसँगै विशेष अदालतले १ वर्ष ३ महिना जेल सजाय र ९ करोड १९ लाख ६ हजार ६ सय ३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना तिराउन निर्देशन दिएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


    images
    images

    Logo