images
images

ललिता निवास प्रकरण : पक्राउ परेका तीन जनाको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश


  • 315
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    ललिता निवास प्रकरण  : पक्राउ परेका तीन जनाको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

    काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो।

    ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने होरु आदेश जारी हुन नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरूसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपीसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू’, सर्वोच्चद्वारा जारी आदेशमा उल्लेख छ। 

    आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङ सर्वोच्च अदालत पुगेका थिए । उनीहरुलाई प्रहरीले ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोमा पक्राउ परेका थिए । 

    sarbachho_pvfn6nvkV1.webp

     

     

     


    images
    images

    Logo