काठमाडौं । कोशी प्रदेशमा एमालेको नेतृत्वमा बनेको सरकार ढलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वास मत नपाएपछि एमालेको नेतृत्वमा बनेको सरकार ढलेको हो । २०७९ मसिंरमा भएको प्रदेश सभा चुनापछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिएका छन् । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।
आजको बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।