images
images

पप्पु कन्स्ट्रक्सनसहित ७ कम्पनी परे कालोसूचीमा, कुन कुन परे ?


  • 412
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    पप्पु कन्स्ट्रक्सनसहित ७ कम्पनी परे कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ७ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले शुक्रबार सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई १ देखि डेढ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

    ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । जसमध्ये पप्पु कन्स्ट्रक्सन प्रा.लि., वीरगञ्जलाई र पप्पु कन्स्ट्रक्सन प्रा.लि. पोखरिया, पर्सालाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । 

    त्यसैगरी, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रा.लि. नयाँ बानेश्वरलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको छ भने  पी. वी. एन्ड एस. इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन, कञ्चनरुप, नौलो सफल कालिका जे. भी रामेछाप, नौलो सफल विहानी निर्माण सेवा प्रा.लि, कालिका निर्माण सेवा, त्रिशक्ति कन्स्ट्रक्सन प्रा।लि।, धनगढी, याक्थुम्हांग निर्माण सेवा प्रा. लि. फिदिमलाई १ वर्षका लासग कालोसूचीमा राखिएको छ । 

    कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् । 


    images
    images

    Logo