काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ६ सय रुपेयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ६ सय रुपेयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।