images
images

जसपाले कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


  • 338
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    जसपाले कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ ।आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

     जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले विज्ञप्ति जारी गरी प्रदेशको पुनः नामकरण नहुन्जेलसम्म प्रदेशसभामा पक्ष र विपक्षमध्ये कुनै मतदान प्रक्रियामा सहभागी नभई तटस्थ बस्ने बताएका छन् । प्रदेशको नामकरण र त्यसविरूद्धको आन्दोलनमा एमालेले निर्वाह गरेको भूमिका र माओवादी र कांग्रेसमाथि विश्वास गर्ने अवस्था नभएकाले तटस्थ बस्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पुस २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

    मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।

    untitled-1-2962023110143-1000x0.jpg

     

     

     


    images
    images

    Logo