काठमाडौं । जेठमहिनासम्ममा ७ प्रदेशबाट कुल १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सावधिक जीबन बीमा, अग्रिम भुक्त्तानी सावधिक जीबन बीमा, रुपान्तरि सावधिक, बालबच्चा, वैदेशिक रोजगार, आजिवन जीवन विमा, एकलबीमा, म्यादी वीमा, लघु बीमा बापत सो रकम संकलन गरेको हो ।
कुन प्रदेशबाट कति ?
जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्मा सवैभन्दा बढी बाग्मती प्रदेशबाट बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले विभिन्न बीमालेखहरुमा बाग्मती प्रदेशबाट कुल ५५ अर्ब ५१ करोड ३८ लाख रुपैयाँ संकलन गरेका छन् । दोस्रोमा लुम्विनी प्रदेश रहेको छ । लुम्विनी प्रदेशबाट कुल १८ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, जेठमहिनासम्ममा कोशी प्रदेशबाट १५ करोड ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गण्डकी प्रदेशले १२ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने मधेश प्रदेशबाट ११ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएको छ । सुदुरपश्चिम प्रदेशबाट ६ अर्ब ३९ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ४ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।




