images
images

प्रहरीका ६ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?


  • 417
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    प्रहरीका ६ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  नेपाल प्रहरीका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले संगठनको आवश्यकता अनुसार इन्स्पेक्टरहरुको काज सूवा गरेको हो । 

    यसरी सरुवा हुनेमा लक्ष्मी ओली, सन्तोष न्यौपाने, दाताराम अधिकारी, धन बहादुर बोहोरा, शुभेश अधिकारी र दिप्रेन्द्र श्रेष्ठ रहेका छन् । लक्ष्मी ओलीलाई नेपाल प्रहरी विपत व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी काठमाडौंबाट इलाका प्रहरी कार्यालय कष्णानगर, कपिलवस्तुमा काज खटाएको छ भने सन्तोष न्यौपानेलाई  जिल्ला प्रहरी कार्यालय दाङ शन्ति सरक्षा तथा प्रहरी कार्य शाखाबाट प्रहरी प्रभाग बलम्वु, काठमाडौंमा काज खटाएको छ । 

    त्यस्तै, दाताराम अधिकारीलाई नेपाल प्रहरी प्रदेश कार्यालय अन्वेषण योजना शाखा धरान सुनसरीबाट वडा प्रहरी कार्यालय सानोपोखरी मकवानपुर, हटौडामा काज खटाएको छ भने धन बहादुर बोहोरालाई प्रहरी वृत, सातदोवाटो अपराध नियन्त्रण शाखाबाट गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचौतारा तनहुँमा खटाइएको छ । 

    त्यसैगरि, शुभेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय ईटहरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा काज खटाइएको छ भने दिप्रेन्द्र श्रेष्ठलाई प्रहरी वृत्त सिंहदरबार, काठमाडौंबाट  इलाका प्रहरी कार्यालय गितानगर, चितवनमा काज खटाइएको छ ।

    Ins-Kaaj-20231688020159.jpg

     

     


    images
    images

    Logo