images
images

नेपाल राष्ट्र बैंकले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 365
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    नेपाल राष्ट्र बैंकले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै २ पदको लागि कर्मचारी माग गरेको हो । बैंकले संयोजक र सदस्य पदमा दरखास्त आह्वान गरेको हो । 

    संयोजक पदको लागि उम्मेदवारीले चार्टट एकाउन्टेन्सी बा व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा  गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।  त्यस्तै बैक तथा वित्तीय संस्था वा लेखासम्वन्धी कार्यमा न्युनतम ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

    सदस्य पदको लागि  चार्टट एकाउन्टेन्सी बा व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा  गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।  त्यस्तै बैक तथा वित्तीय संस्था वा लेखासम्वन्धी कार्यमा न्युनतम ३  वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

    बैंकका अनुसार सेवाअवधि एक वर्षको हुने छ । आवश्यकता तथा प्रगतिका आधारमा ६/६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने राष्ट्र बैंकद्वारा जारी विज्ञापनमा उल्लेख छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आउँदो साउन ३ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

     

     


    images
    images

    Logo