काठमाडौं । सुनचाँदी बजारा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम रहेको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कामय गरिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।