images
images

२०० प्रतिशत हकप्रद निष्काशनका लागि घलेम्दी हाइड्रोले पायो अनुमति


  • 424
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    २०० प्रतिशत हकप्रद निष्काशनका लागि घलेम्दी हाइड्रोले पायो अनुमति

    काठमाडौं । २०० प्रतिशत हकप्रद निष्काशनका लागि घलेम्दी हाइड्रोपावरले विद्युत नियमन आयोगको अनुमति पाएको छ । कम्पनीले बुधबार आयोगबाट अनुमति पाएको हो । 

    कम्पनीले १ः२ को अनुपातमा २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सो कम्पनीको हाल चुक्त पुँजी ५५ करोडभन्दा बढी रहेको छ भने  हकप्रद निष्काशन पश्चात १ अर्ब ६५ करोड माथि हुनेछ । 

    कम्पनीको उक्त शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

    सो हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशतभन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको रहेको छ ।


    images
    images

    Logo