काठमाडौं । जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार लघुवित्तको १४.२८५ प्रतिशत बोनस बापत १४ लाख ७७ हजार ५ सय ४२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।