images
images

शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर


  • 392
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एकजना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ । 

    सिआईवीले सहकारी हिनामिनाको आरोप लागेपछि फरार भएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले यसरी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जानकारी गराएको छ । 

    उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी आज सिआइबीले सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढेको जानकारी गराएको छ । उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा १ लाख ६८ हजार ७ सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । 

    यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १ सय ५४ निक्षेपकर्ता सदस्यले १ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ । 

    उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पुर्याएको पाइएको सिआईवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    images
    images

    Logo