images
images

प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित


  • 280
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्राविधिक कुराहरु मिलाएर वैठक बसिने भन्दै १५ मिनेटका लागि वैठक स्थगित गरेका हुन् । 

    जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने भन्ने विषय विनियोजन विधेयकमा उल्लेख गरेर मात्र पास गरिनुपर्ने भन्दै एमाले लगायतका प्रतिपक्षी दलहरुले विरोध गरेपछि संसद केहीक्षणका लागि अवरुद्ध भएको थियो । पहिले नै सबैको सहमति रहिसकेको र अर्थमन्त्रीले प्रतिवद्धता जनाइसकेको र विधेयकमा सो विषय संलग्न गराउनु प्राविधिक कुरा मात्र भएको कारण त्यसलाई राजनीतिक विषय नबनाउन अनुरोध गरेका थिए । 

    विधेयकमा सो विषय प्राविधिक रुपमा संलग्न गराउनका लागि १५ मिनेटका लागि स्थगित गरेका हुन् । 


    images
    images

    Logo