images
images

२० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ : प्रधानमन्त्री


  • 330
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    २० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ : प्रधानमन्त्री

    काठमाडौं । प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० वर्षअघिका जनताको जीवनस्तर परिवर्तन भएर मात्रै हालको स्थितिमा आएको सुधारलाई बिर्सिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको वैठकमा उनले ६ महिनाको प्रगति विवरण सुनाउने क्रममा आफ्नो कार्यकालमा भएको रिवर्तनबारे बताएका हुन् । 

    अहिलेको नयाँ पुस्ताले २० वर्षअघिको समयमा कस्तो अवस्था थियो भन्ने ज्ञान समेत नराखी देश बिगारी मात्रै रहेको भन्ने नेताहरुलाई लाग्ने आक्षेपप्रति आपत्ति जनाएका छन् । ती पुस्ताले त्यस समयमा टेलिफोन, इन्टरनेट काटेर एयरपोर्ट र सडक सम्म बन्द गरेर देशमा चलाइएको शाही शासन नदेखेका कारण भएको परिवर्तनलाई नकारिरहेका बताएका हुन् । 

    त्यस समयमा गोलीको नाल तेस्र्याएर समाचार वाचन गर्नुपर्ने स्थिति नदेखेका कारण परिवर्तनको महसुस नगरि सामाजिक सञ्जालमा गाली गरिरहेका पुस्ताले लोकतन्त्र नहुँदा देशमा दूधकै नदी बहन्थ्यो भन्ने भाष्य निर्माण गर्न नहुने बताएका छन् । 

    सोही क्रममा उनले २० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको बताएका हुन् । 


    images
    images

    Logo