images
images

एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 303
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ५ सय १९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ९९ जना, लेन अनुशासन पालना नगर्ने १ सय ३७ जना, रेड लाइडमा सवारी साधन चलाउने ८७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २८  र नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना, लिडारगन ३ सय ४८ जना चालक रहेका छन् ।  यस्तै १ हजार ७ सय ९९ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo