काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कायम भएको महास्ंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने १ हजार ३ सय ७५ रुपैयाँमा कायम महासंघले जनाएको छ ।