images
images

काठमाडौं महानगरले सहकारीहरुलाई दियो यस्तो निर्देशन


  • 543
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    काठमाडौं महानगरले सहकारीहरुलाई दियो यस्तो निर्देशन

    काठमाडौं । काठमाडौं महानगरले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

    महानगरले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण ३० दिनभित्र बुझाउन भनेको छ ।

    ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

    दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ ।

    यदी तोकिएको समयमा सहकारी संस्थाहरुबाट सो विवरण नआएमा महानगरले कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ । 

    notice-1.webp

     


    images
    images

    Logo