images
images

प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त


  • 458
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त

    काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

    त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदुरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

    मन्त्रिपरिषद्ले रास्कोट नगरपालिका–६ कालीकोट, नरहरिनाथ गाउँपालिका–२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका–३ पाल्पा, शीतगङ्गा गाउँपालिका–१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका–५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने पनि निर्णय गरेको छ । 


    images
    images

    Logo