images
images

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर


  • 460
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा १ करोड १३ लाख ४५ हजार ८ सय ५ रुपैयाँ मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको २ करोड ४३ लाख ९१ हजार ५ सय ६५ बराबरको लगानी भएको देखिएको छ ।

    अनुसन्धनमा १ करोड ३० लाख ४५ हजार ७ सय ७० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत  नखुलेकाले  मिश्रले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । 

    आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । 


    images
    images

    Logo