images
images

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ


  • 371
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

    काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । ललिता निवासको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई मंगलबार अपरान्ह पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई शाहलाई राजधानीबाट नियन्त्रणमा लिएको हो ।

    शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा रहेका थिए । राणा परिवारसँग नाता सम्बन्ध पर्ने शाहले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट भुमिका निभाएको केन्द्रीय अनुसन्धान व्यूरो जनाएको छ । 

    निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका शाहले पत्नी उर्मिला शाहको नाममा १ रोपनी ११ आना जग्गा पाएको बताइएको छ । साेही प्रकरणमा  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए । 


    images
    images

    Logo