images
images

सवारी दुर्घट्नामा परेर ४ सय ९७ को मृत्यु,  ५ हजार २ सय ४६ घाइते


  • 389
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    सवारी दुर्घट्नामा परेर ४ सय ९७ को मृत्यु,  ५ हजार २ सय ४६ घाइते

    बिराटनगर । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा परेर पछिल्लो ११ महिनामा चार सय ९७ जनाले ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापामा मात्र १ सय ५ जनाको मृत्यु भएको छ।  

    कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७  सवारी साधन दुर्घटनामा परेका थिए । गत वर्ष सोही अवधिमा तीन हजार पाँच सय ९६ सवारी साधन दुर्घटना हुँदा चार सय ९७ जनाले ज्यान गुमाएका थिए । 

    दहालका अनुसार, दुर्घटनामा परेर ७ सय ३१ जना गम्भीर र ४ हजार ५ सय १५ जना सामान्य घाइते भएका छन् ।  सो अवधिमा कार्यालयले दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेनामूलक २४ हजार ५ सय ५१ कार्यक्रम सञ्चालन गरेको छ। 

    सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo