images
images

नर्थ क्यारोलिनाका एनआरएनए अध्यक्षका आकांक्षी सुधन थापाद्धारा मृगौला रोगीलाई एक लाख ५८ हजार सहयोग  


  • 185
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    नर्थ क्यारोलिनाका एनआरएनए अध्यक्षका आकांक्षी सुधन थापाद्धारा मृगौला रोगीलाई एक लाख ५८ हजार सहयोग  

    भक्तपुर । गैर आवासीय नेपाली सुधन थापाले मृगौला रोगी दिनेश खत्रीलाई १ लाख ५८ हजार आठ सय सहयोग गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अन्तर्गत अमेरिकास्थित नर्थ क्यारोलिनाका अध्यक्षका आकांक्षी थापाले दुवै मृगौलाले काम गर्न छाडेपछि ट्रान्सप्लान्टको तयारीमा रहेका काठमाडौं तारकेश्वरका युवा खत्रीलाई सो सहयोग उपलव्ध गराएका हुन् । अमेरिकाको नर्थ क्यारोलिना मोरिसभिल निबासी सुधन थापाको संयोजकत्वमा सो रकम दाताहरुसँग जुटाएर सहयोग गरिएको हो ।

    यसअघि नै नर्थ क्यारोलिनाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापाले यसअघि पनि बिभिन्न सामाजिक काममा सहयोग पु¥याउँदै आएका छन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले आफुहरु अमेरिका बस्ने भएपनि नेपाली समुदायमा सुख दुःख बाड्न हरसम्भव प्रयास गर्दै आएको बताए । थापाले यसअघि नै सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गर्दै बिगतदेखि नै सामाजिक काममा सकृय रहेको र आगामी दिनमा पनि समाज सेवामा सकृय रहने मनसायका साथ उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गरेका थिए । हाल पारिवारिक कामको शिलशिलामा नेपालमा रहेका थापाले अमेरिका फर्केर आफ्ना एजेण्डाबारे थप प्रकाश पार्ने बताएका छन् ।  

    प्रबासमा रहेका नेपालीहरूको हक हित र अधिकारका लागि सशक्त आवाज उठाउन र हरेक नेपालीलाई एनआरएनसंग जोड्ने तथा सबै नेपालीको आबद्धता हुने गरी राजनीति मुक्त साझा संस्था बनाउने अभियानमा लाग्ने थापाको भनाई छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन जुलाई १६ र १७ तारिकमा हुने कार्यतालिका छ ।

     

    Sudan Thapa.jpg

     


    images
    images

    Logo