काठमाडौं । बलरा नगरपालिका सर्लाहीका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध १ करोड ३० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । आफूसँग भएको सम्पत्तीको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
२०५७ असार ८ गते नियुक्त भएदेखि २०७८ कात्तिक २६ सम्ममा उनले कमाएको सबै आय जोड्दा १ करोड १३ लाख रुपैयाँ वैधानिक आय देखाएका थिए । खर्च भने आयभन्दा १ करोड ३० लाखले बढी – २ करोड ४३ लाख देखिन आएको छ । स्रोत नखुलेको गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोप आयोगले मिश्रविरुद्ध लगाएको हो ।
गैरकानुनी रुपमा कमाएको सम्पत्ति पत्नीहरु सरोज कुमारी र तुलसी कुमारी शर्मा मिश्रको नाममा राखेका कारण आयोगले उनीहरुलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरेको छ ।



