images
images

निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत


  • 303
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

    काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलवार प्रतिनिधि सभावैठकमा महतले निर्वाचन आयोगले जसरी चाह्यो त्यसैगरि जिल्ला निर्वाचन आयोग सञ्चालन हुने बताएका हुन् । 

    ‘जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयोगले राख्न चाहन्छ त्यसरी रहन्छ’, महतले भने । उनले निर्वाचन आयोग हटाउने वा कमजोर बनाउने भन्ने उद्देश्य आफूहरुको नभएको बताएका छन् । 

    त्यस्तै, निर्वाचन कार्यालय सीडीओ अन्तर्गत नरहने, त्यस्को स्वतन्त्र अस्तित्व रहने र निर्वाचन आयोगले जसरी चाह्यो त्यसैगरि रहने समेत अर्थमन्त्री डा. महतले बताए । 


    images
    images

    Logo