काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । मन्त्री किराँतीले उक्त ९ बुँदै स्पष्टीकरणको जवाफ ७ दिनभित्र पेश गर्न समेत निर्देशन दिएका छन् ।
मन्त्री किरातीले आफ्नो फेसबुक स्ट्याटस मार्फत अधिकारीलाई ९ बुँदे स्पष्टिकरण सोद्धै स्पष्टिकरण पत्र सार्वजनिक गरेका छन्। उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ ।
किरातीले उनको पालामा धेरै हवाई दुर्घटना भएको र उनले सरकारको नीति विरुद्द अभिव्यक्ति दिने गरेको लगायत प्रश्न गर्दै स्पष्टिकरण सोधेका छन् ।
यस्ताे छ ९ बुँदे स्पष्टीकरण






