काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलबार उनलाई उनको निवास नक्सालबाट पक्राउ गरेको हो । गुरुङ ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।