images
images

काठमाडौं प्लाजामा रहेको रेष्टुरेन्ट र दोहोरी साँझलाई ७ दिनभित्र घर खाली गर्न निर्देशन


  • 676
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    काठमाडौं प्लाजामा रहेको रेष्टुरेन्ट र दोहोरी साँझलाई ७ दिनभित्र घर खाली गर्न निर्देशन

    काठमाडौं । काठमाडौं प्लाजामा रहेका राजघराना गजल रेष्टुरेण्ट र निरमाया दोहोरी साँझलाई ७ दिनभित्र घरखाली गर्न निर्देशन दिइएको छ । नेपाल ट्रस्टको कार्यालयले मंगलबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

    तोकिएको समयभित्र घर खाली नगरे कानुनी प्रक्रिया समेत अघि बढाउने ट्रष्टले चेतावनी दिएको छ ।

    काठमाडौं प्लाजा भवनको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालनमा रहेको राजघराना र निरमायाको कोठा २०७८ वैशाख २ गतेबाट नै शिलबन्दी अवस्थामा रहेका थिए ।

    नेपाल ट्रस्टको कार्यालयले गत वैशाख ४ गते वडा कार्यालयका प्रतिनिधि, प्रहरी र सञ्चालकहरु समेतको रोहवरमा ताला खोली सामानहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा सामान बुझिलिई भरपाई भएको थियो । 

    तर हालसम्म पनि उक्त ठाउँ खाली नभएकाले ट्रस्टले ७ दिने सूचना जारी गरेको हो । 


    images
    images

    Logo