images
images

नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित


  • 258
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम निर्वाचित

    काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित भएका छन् । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित भएका हुन् । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले १ सय २९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिए ।

    यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भने सन्तोष अधिकारीले २ सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद पाण्डेले १ सय ५९ मत प्राप्त गरे । सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी भएका छन् ।

    यसैगरी सदस्यमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी भएका छन् ।

    यस्तै मिन्साङ लामा, रमेश  सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सत्यालले बताए । काठमाडौं शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले उद्घाटन गरेका थिए । शाखाका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।


    images
    images

    Logo