images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 479
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बबजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo