images
images

पशुपति विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध १ करोड ४४ भ्रष्टाचार गरेको आरोप


  • 439
    SHARES
  • २०८० आषाढ ११ गते सोमबार

    पशुपति विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध १ करोड ४४ भ्रष्टाचार गरेको आरोप

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ  स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो।

    पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएपछि ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गरेको थियो । वैध रुपमा ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका उनले ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको भन्दै अख्तियारले उनीमाथि १ करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ ।

     

     


    images
    images

    Logo