काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १० हजार ४ रुपैयाँमा कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।