images
images

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड


  • 328
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड

    काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। 

    महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ। उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ। यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ। 

    ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

     


    images
    images

    Logo