काठमाडौं । काठमाडौं महानगरपालिकाले दैनिक १६ घण्टा कार्यालय खोल्ने तयारी गरिरहेको छ । आइतबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दैनिक १६ घण्टासम्म कार्यालय संचालन गर्न आवश्यक बजेट सहितको प्रबन्ध मिलाएको बताएकी हुन् ।
‘काठमाडौं महानगरपालिकको हालको संगठन संरचनालाई पुनरावलोकन गर्न आवश्यक बजेट विनियोजन गरेको छु । महानगरपालिकाको निर्णय प्रक्रियालाई पारदर्शी एवं सहज, सूचना प्रविधिमैत्री, सेवाग्रहीमैत्री बनाउदै अत्यावश्यक सेवाहरु परिभाषित गरी ती सेवाहरु प्रवाह गर्न दैनिक १६ घण्टासम्म कार्यालय संचालन गर्न आवश्यक बजेट सहितको प्रबन्ध मिलाएको छु’ उनले भनिन् ।