images
images

ज्योति विकास बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक शेयर विक्रीमा 


  • 278
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    ज्योति विकास बैंकको १ लाख ६८ हजार कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । ज्योति विकास बैंकले १ लाख ६८ हजार ४ सय ९५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएका छ । बैंकले एक सुचना जारी गर्दै सो कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको बैंकले जनाएकाे छ । 

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १ सय २६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १७ गतेसम्म आवेदन दिन मिल्नेछ । यसमा बिक्री प्रबन्धक एनआइबीएल एक क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


    images
    images

    Logo