images
images

नागरिक लगानी कोषले बोलायो साधारणसभा


  • 545
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    नागरिक लगानी कोषले बोलायो साधारणसभा

    काठमाडौं । नागरिक लगानी कोषले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ३१ गते आफ्नै केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको सञ्चालक पद १  को निर्वाचन गर्ने, शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo