काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले साधारणसभा बोलाएको छ । जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो
कम्पनीले असार २९ गते वानेश्वर बांक्वेट थापागाउँमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले अनुकुल संचालकको कार्यकाल ४ वर्ष राख्नको लागि नियमावलीका नियमहरुमा संशोधन गर्नेछ ।
साथै, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।