काठमाडौं । अभियान लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले असार २८ गते ताम्राकार पार्टि भेन्यु पनौतीमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । कम्पनीले अन्य घ बर्गको संस्थासँग मर्जरमा जाने प्रयोजनका लागि उपयुक्त लघुवित्तको पहिचान गर्नेछ ।
साथै, शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।