images
images

हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू, कुन रुटमा कति घट्यो ? (सूचीसहित)


  • 954
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    हवाई यात्राको नयाँ भाडादर आजदेखि लागू, कुन रुटमा कति घट्यो ? (सूचीसहित)

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ ।  निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी आन्तरिकतर्फ ९० रुपैयाँदेखि ४ सय ४५ रुपैयाँसम्म हवाई भाडा घटेको छ । प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४५ रुपैयाँ भाडा घटेको छ ।

    प्राधिकरणका अनुसार काठमाडौंदेखि पोखरा जाने भाडा १ सय ६० रूपैयाँ, काठमाडौंदेखि सुर्खेत पुग्ने भाडा ३ सय २० रूपैयाँ, काठमाडौंबाट रुकुमको हवाइ भाडादर २ सय ९५ रुपैयाँले घटेको छ ।

    काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४० रुर्पैयाँले भाडा घटेको छ । बढेको नयाँ भाडादर असार ६ गतेदेखि लागु हुने कम्पनीले् जनाएको छ ।

    plane-vada1.jpg

    plane-vada-2.jpg

    plane-vada-3.jpg

    plane-vada-4.jpg


    images
    images

    Logo