images
images

भुटानमा पर्यटकले प्रतिदिन खर्च गर्नुपर्ने सीमा घट्यो


  • 779
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    भुटानमा पर्यटकले प्रतिदिन खर्च गर्नुपर्ने सीमा घट्यो

    भुटानले चार रातभन्दा बढी समयसम्म बस्ने पर्यटकको लागि आफ्नो पर्यटन शुल्क घटाएको छ । कोभिड महामारीका कारण सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न भुटानले करमा छुट दिने कदम अपनाएको हो । तर उक्त छुट अमेरिकी डलरमा भुक्तानी गर्ने पर्यटकका लागि मात्र लागु हुनेछ । 

    कोभिड महामारीको समयमा दुई वर्षसम्म बन्द गरि गत वर्ष सेप्टेम्बरबाट मात्र बाह्य पर्यटकका लागि सिमाना खुलाइएको थियो । ३० वर्षदेखि एक रातको ६५ डलर ‘दिगो विकाश शुल्क’ लिँदै आएको भुटानले सिमाना पुनः खोल्दा शुल्क बढाएर २०० डलर पुर्याएको थियो । 

    उक्त शुल्क कम बजेटमा घुम्न आउने ‘बजेट पर्यटकहरु’ लाई निरुत्साहित गरि धनी पर्यटकहरुलाई आकर्षित गर्न डिजाइन गरिएको अधिकारीहरु बताउँछन् । शुल्कबाट जम्मा भएको पैसाले भुटानको प्राकृतिक परिदृष्यको सुरक्षा गर्ने र पर्यटकले छोडेका कार्बनजन्य पदछापलाई मेटाउन प्रयोग हुनेछ । 

    भुटानले आफ्ना देशमा रहेका हिमाल चढ्न प्रतिबन्ध लगाएको छ । जसका कारण छिमेकी देश नेपालको भ्रमणमा आएका पर्यटकको केही अंशलाई मात्र आकर्षित गर्न सकेको छ । 

    जुनदेखि २०२४ को अन्त्यसम्म चार दिनका लागि आउने पर्यटकहरुले थप शुल्क नतिरि थप चार दिन बस्न पाउनेछन् । १२ दिनसम्मको कर तिरेका पर्यटकहरुले अतिरिक्त शुल्क नतिरि पूरै महिनासम्म बस्न पाउनेछन् । 

    ‘भुटानमा धेरै पर्यटकहरु लामो समयसम्म बसे भने हाम्रो अर्थतन्त्रलाई दु्रत गतिमा वृद्धि गर्न मद्दत गर्छ’ पर्यटन विभागका महानिर्देशक डीजी ध्राधुलले भने । 

    छुट डलरमा तिर्ने पर्यटकहरुलाई मात्र लागु हुनेछ । भुटानको छिमेकी मुलुक भारतका पर्यटक, जसले रुपैयाँमा तिर्छन्, यो सुविधा उनीहरुको लागि होइन । 

    भुटानले आफ्नो ३ अर्ब डलरको अर्थतन्त्रमा ५ प्रतिशत रहेको पर्यटनको योगदानलाई बढाएर २० प्रतिशत बनाउने लक्ष्य राखिएको ध्राधुलले बताए । तर उनले कति वर्षमा त्यो लक्ष्य पूरा गरिसक्ने भन्ने टाइमलाइन भने बताएनन् । 

    जनवरीदेखि ४७ हजारभन्दा बढी पर्यटकले भुटान भ्रमण गरिसकेको र यस वर्षको अन्तयसम्ममा ८६ हजार पर्यटक भित्र्याउने आफूहरुको ‘साधारण’ लक्ष्य रहेको ध्राधुलले बताए । र लक्ष्य हासिल गर्नका लागि भुटानले पहल गरिरहेको उनले बताए । 

     

    सीएन्एन्


    images
    images

    Logo