images
images

बिपिडब्लु लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 553
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    बिपिडब्लु लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । बिपिडब्लु लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार २६ गते होटल ले बगैचाको सभा हल ललितपुरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले सभाले सामुदायिक लघुवित्तसँगको मर्जरसम्बन्धि निर्णयलाई अनुमोदन गर्नेछ ।

    साथै, मर्जरको अन्तिम सम्झौता गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सो सभाले मर्जरको लागि राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यलय तथा नेपाल धितोपत्र बोर्डको अनुमति लिने लगायतका कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले असार १२ गतेदेखि असार २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo