काठमाडौं । सामुदायिक लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले असार २२ गते धुलिखेल लाज रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, यस वित्तीय संस्था र बिपिडव्लु लघुवित्त वित्तीय संस्था वीच मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।