images
images

आशा लघुवित्तले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ? 


  • 523
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    आशा लघुवित्तले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । आशा लघुवित्तले बार्षिक साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार १६ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट, ककनी काठमाडौंमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ शयर स्वाप रेसियो पारित गर्नेछ ।

    प्राप्तिपछि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठनपश्चात साविक सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिनेसम्बन्धी विशेष प्रस्ताव अनुमोदन हुनेछ ।

    प्राप्ति प्रक्रिया पूरा भएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपछि संस्थाको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

    कम्पनीले विशेष साधारणसभा  प्रयोजनार्थको लागि आउँदो असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo